तराई (मधेश) बाट सेना फिर्ता लैजान जयकृष्ण गोइतको चेतावनी

अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै संघियताको सन्दर्भमा जारी आन्दोलन प्रति आफ्नो कुनै सहयोग र समर्थन नरहेको जनाएका छन् | तराई (मधेस) माथि नेपालको अधीनता पूर्णतः अनधिकृत र अबैध रहेकोले आफुहरु तराई (मधेस) को मुक्तिको लागि सशस्त्र लडिरहेको दोहोराएका छन् |
बिज्ञप्तिमा भनिएको छ – “मानव अधिकारका विश्वव्यापी घोषणापत्र १९४८, जेनेभा महासन्धि र अन्तराष्ट्रिय मानवीय कानून र मानव अधिकार सम्बन्धि आधारभूत सिद्धान्त र मान्यताहरु प्रति प्रतिबद्धता उल्लङ्घन गरेर नेपाल सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न तराई (मधेश) मा सेना परिचालन गरिएको छ | नेपाल सरकारले सेना परिचालन र अनिश्चितकालीन कर्फ्यु लगाएर निरीह, निर्दोष, निहत्था तराई (मधेश) का मूलनिवासीहरुका घर खान तलासी लिने, कब्जामा लिने, चरम यातना दिने, हत्या गरेर शव बेपत्ता पर्ने अभियान चलाएका छन् | सेना परिचालन र कर्फ्यु लागेकै अवधिमा अखण्ड सुदूरपश्चिम पक्षधर पहदेहरु कैलालीमा थारु समुदायको घरमा आक्रमण, कुटपिट, तोडफोड र आगजनी गरि रहेका छन् | यसै क्रममा फुलबारी एफएम तथा फुलबारी रिसोर्ट लगायत पसलहरुमा समेत आगजनी गरिएको छ | यदि नेपाल सरकारले अविलम्ब तराई (मधेश) बाट सेना फिर्ता बोलाएन भने तराई (मधेस)मा यस बाट उत्पन्न हुने दुषपरिणामको जिम्मेवारी नेपाल सरकारकै हुनेछ |”

Jaikrishna Goit Press Release
Jaikrishna Goit Press Release Aug 26 2015
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s